हत्या आरोपमा दुई पक्राउ
१७ जेष्ठ २०७७, शनिबार २०:४४
इनरुवा । सुनसरीमा एक जनाको हत्या आरोपमा दुई जना पक्राउ परेको छ । शुक्रबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ३ ईक्राही जमुनाकित्ता स्थित प्लटिङ जग्गाको बाटोमा हत्या गरि फालेको आरोपमा बराहक्षेत्र ३ का १७ वर्षिय गणेश लिम्बु र १९ वर्षिय प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसरीको बराहक्षेत्र नपा वडा नं. ३ बाङे घर भई हाल जिल्ला झापा दमकमा बस्ने ३७ वर्षिय कमल राईको कर्तब्यबाट मृत्यू भएको शंकास्पद देखिएकाले दुई जनालाई पक्राउ गरेको हो ।
कमल राई २०७६ साल फाल्गुण महिना देखि ससुराली घर भरौलमा बस्दै आएको केहि महिना अगाडी कमल राई र गणेश लिम्बु बीच झैझगडा भएको र गणेश लिम्बुलाई सामान्य कुटपीट गरेकोले सोही बिषयको रिशईवीको कारण हत्या गरेको हो ।
कमल राई मादक पदार्थ सेवन गरी हिडडुल गरेको अवस्थामा नडाहामा गणेश राईले कमल राईलाई फकाउँदै पुनः मादक पदार्थ सेवन गराई ईक्राही टोलको जामुना कित्ता प्लटिङ मकैबारी नजिक पुर्याई पुर्व रिशईवीको कारण योजनाबद्ध साथमा बोकी ल्याएको असारे जातको काठको लाठ्ठीले कमल राईलको संवेदशिल अंग, टाउको समेतमा कुटपीट गरी निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न माथि अनुशंधान जारी रहेको छ भने मृतक लाशलाई पोष्टमार्टमको लागि बि.पी.को.स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया