विराटनगरमा औषधी कालोबजारी गर्ने मेडिकल सञ्चालक पक्राउ
१६ जेष्ठ २०७८, आईतवार २०:४७
विराटनगर । विराटनगरबाट औषधी कालोबजारी गरेको आरोपमा एक मेडिकल स्टोर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर १५ भट्टीचौकमा रहेको जनता मेडिकल स्टोरका सञ्चालक ३५ वर्षीय रविकुमार रजक छन् ।
औषधि पसल सञ्चालक रजकले फिजिसियन स्याम्पलका ठुलो परिणामका विभिन्न प्रकारका औषधि र लेबलिङ गरिएका औषधिका खाली खोलहरु भण्डारण गरेको पाइएपछि ती सवै औषधिहरुसहित आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रजकको घरको कोठामा खानतलासी गर्दा मुटुसम्बन्धि औषधी, पेनकिलर, विभिन्न प्रकारका एन्टिबाइटिक, इन्जेक्सन, बच्चाको कफको औषधि र सेनिटाइजर लगायत ४६ कार्टुन, थप औषधीहरु एक बोरा र लेबलिङ गरिएका औषधिका खोलहरु ७ कार्टुन बरामद गरिएको हो ।
उनलाई कालोबजारी तथा सामाजिक अपराध तथा सजाय ऐन अन्तरगत थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया