दुहवीका अंपाग्ता भएका व्यक्ति भोकभोकै, १० नम्बर वडामा राहत वितरणमा पक्षपात – Nagarikabhiyan : National News

दुहवीका अंपाग्ता भएका व्यक्ति भोकभोकै, १० नम्बर वडामा राहत वितरणमा पक्षपात

इनरुवा, चैत २६ गते । सुनसरीको दुहवी नगरपालिका १० नम्बर वडाका अपांगता भएका व्यक्तिहरु भोकभोकै रहेका छन् । लकडाउनका कारणले १३ जना अपांगता भएका व्यत्तिहरु र उनीहरु परिवार समेत भोकभोकै रहेको अपांगता भएका व्यक्तिहरुको सञ्जाल अपांग समिति सिमरियाले गुनासो गरेको छ ।
समितिका दिपेन्द्र मण्डलका अनुसार लकडाउनको बेलामा अपांगता भएका व्यक्तिहरु सहित सुकुम्बासी, दलित र मजदुरहरु समेत मारमा परेका छन् । दुहवी १० सिमरीयामा लकडाउनको १६ दिन वित्दा समेत स्थानीय सरकारले अपांगता भएका व्यक्तिहरुलाई कुनै राहत नदिएको कारणले आफू सहित स्थानीयहरु भोकभाकै बसेको गुनासो गर्नुभयो ।
सिमरीया अपांग संघका अध्यक्ष दिपेन्द्र मण्डालका अनुसार राजेश यादव, जितेन्द्र मण्डाल, पुजा साह, सरिता उराँव, रमिता उराँव र रामनारायण सरबरीया सहितका अपांगता भएकाहरुलाई कुनै पनि सरकारी निकायले भोको पेटलाई खानाको व्यवस्था नगरेको अवस्था छ ।
यता वडा अध्यक्ष लधुराम माझीले वडामा कोही पनि भोको नरहेको दावी गर्नुभयो । विवरण लिएर क्रमशः राहत वितरणको काम हुने समेत प्रतिकृया दिनुभयो ।
उता कोशीको २ , ३, ४ , ५ , ६ , ७ र ८ नम्बर वडाका अपांगता भएका व्यक्तिहरु , सुकुम्बासी र दलितहरुले समेत आफूहरुलाई राहत वितरण गर्नुपर्ने माग गरेका छन् । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले राहत वितरण गर्नका लागि लागत संकलन भईहरेको प्रतिकृया दिनुभयो । राहतका लागि विवरण संकलन गर्ने काम सुरु गरेको र केही दिनमा राहत वितरण गर्ने दावी गर्नुभयो ।