साहित्यिक कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

साहित्यिक कार्यक्रम सम्पन्न

इनरुवा ।  सुनसरीको सदरमुकाम इनरुवामा सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको दसौं श्रृखला सम्पन्न भएको छ । इनरुवाका साहित्यकार र पत्रकारहरुको रचना, विचार र कला प्रस्ुतत गर्ने थलोको रुपमा रहेको सिर्जनामा इनरुवाको दसौं श्रृखला सनिबार सम्पन्न भएको हो ।
गित, गजल, कविता र लघु नाटक सहित दसांै श्रृखला इनरुवा–३ को हाम्रो सहयात्रा मञ्च संस्थाको समन्वयमा सम्पन्न भएको हो । कार्यक्रममा इनरुवा नगर क्षेत्र सहित इटहरी उपमहानगरपालिका र विराटनगर तथा काठमाण्डौ महानगरपालिकाका साहित्यकार तथा कलाकारहरुको उपस्थिती रहेको थियो ।

सम्पन्न कार्यक्रममा कालकार तथा पत्रकार र साहित्यमा रुची राख्ने ३० बढी सरोकारवालाहरुको सहभागिता रहेको थियो । सम्पन्न भएको कार्यक्रममा साहित्यकार स्व. उपेन्द्र बस्नेत पागलकी छोरी गीता बस्नेत, काठमाण्डौकी साहित्यकार विद्या अनाविका तिवारी, विराटनगरका भवानी प्रसाद पोखरेल, इनरुवाका फडिन्द्र प्रसाद दाहाल, किसोर कोईराला, काब्यकार डम्भरुबल्ल्भ भण्डारी, यसोधा अधिकारी, कान्ता पोखरेल भट्टराई, अम्बिका घिमिरे, बिनिता दाहाल, उमा कार्की, अर्जुन ओखलढुगें , पत्रकार जयकृष्ण यादव, आरक्षण बासकोटा, इटहरीका टिका मिलन, अम्बिका , वरिष्ठ साहित्यकार प्राज्ञ छविनाथ रिजाल र जिवनाथ पोखरेल, विष्णु न्यौपाने, रमेन्द्रमुनि कोइराला, लिलानाथ सिलवाल लगायतकाले रचना वाचन गर्नुभएको थियो ।
१, सुनसरीको सदरमुकाम इनरुवामा सिर्जनामा इनरुवाको साहित्यिक कार्यक्रमको दसौं श्रृखलामा सहभागिहरु ।