गौतमपुरमा धान ब्लक कार्यक्रम – Nagarikabhiyan : National News

गौतमपुरमा धान ब्लक कार्यक्रम

सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा धान ब्लक कार्यक्रम सुरु भएको छ । यो कृषि ज्ञान केन्द्रले जिल्लाको पाँच स्थानमा सञ्चालन गरेको ब्लक मध्ये एक गौतमपुरमा धान ब्लक कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ को एक सय ५० हेक्टर क्षेत्रफल समेटेर धान ब्लक कार्यक्रम सुरु गरेको कृषिज्ञान केन्द्र सुनसरीले जनाएको छ । प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि ज्ञान केन्द्र मार्फत धान ब्लक कार्यक्रम सुरु गरेकोे हो । ब्लक कार्यक्रममा यस क्षेत्रका करिब एक सय ५० कृषक समेटिएको कृषि ज्ञान केन्द्रका कउृषि प्रसाद अधिकृत दिपक तिम्सिनाले जानकारी दिनुभयो । सहकारी र कृषक समेटेर ब्लक सञ्चालक समिति पनि गठन गरिएको कृषि ज्ञानकेन्द्रका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । “ब्लक कार्यक्रम सञ्चालनका लागि कृषकहरुसँग सम्झौता भएको छ, कार्यक्रम सुरुको चरणमा अभिमुखिकरण गरिएको छ,” उहाँले भन्नुभयो, “अब गोष्टी सकेर कार्यक्रम कार्यान्वयन सुरु गरेका छौं ।
ब्लक कार्यक्रम अन्तर्गत किसानलाई धानखेतीका लागि आवश्यक पर्ने उपकरण, मलबिउ र सिँचाइमा सहयोग गर्ने तयारी भएको अभिमुखिकरण कार्यक्रममा जानकारी दिएको छ । ब्लक कार्यक्रममा आबद्ध १५० कृषक मध्ये चार जनालाई डिजल पम्प मेसिन, १५० जनालाई पावर स्पेयर , ३० थान डिजिटल काँटा, ३० थान बोरिगं, कोदालो १५० थान, डेलिभरी पाईप मोटर र त्रिपाल सहित वितरण गरिने तयारी भएको स्थनाीय नव प्रतिभा कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष राम नारायण कुँवरले जानकारी दिनुभयो । किसानको ५० प्रतिशत लागत सहभागितामा सबै सामग्री खरिद गरी वितरण गरिने तयारी भएको उहाँको भनाइ छ । धान ब्लक विकास कार्यक्रम तर्फ चैत ५ गते कृषि ज्ञान केन्द्र र संस्था बीचमा सम्झौता भई यो सिजनमा कृषि औजार तथा उपकरणहरु वितरण गर्ने र त्यसको प्रयोग विधिबारे पनि किसानलाई जानकारी दिने भएको छ । कृषिमा आधुनिकीकरणका लागि धान ब्लक कार्यक्रम अन्तर्गत नै किसानलाई क्रमशः धानको व्याड राख्नेदेखी उत्पादनसम्मका लागि आवश्यक पर्ने मेशिनरी औजार, मल, बीउ र सिंचाइमा सहयोग गर्दै जाने कुँबरले जानकारी दिनुभयो ।
ब्लक कार्यक्रम सञ्चालनका लागि यो सहकारीलाई २५ लाख रुपियाँ लगानी गरेको छ भने सोही बराबर अर्थात बाँकी ५० प्रतिशत भने किसानकै सहभागिता रहने ज्ञानकेन्द्रका अधिकृत नयन बहादुर राईले जानकारी दिनुभयो । ब्लक क्षेत्र लागू भएको गौतमपुरमा किसानहरु कार्यक्रम प्रति आकर्षित देखिएको कृषि ज्ञान केन्द्रका कार्यक्रम संयोजक योगेन्द्र यादवले बताउनुभयो । यसैबीच शुक्रबार कृषि ज्ञान केन्द्र सुनसरीको सहयोग र नव प्रतिभा कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा गोष्ठी कार्यक्रम सम्पन्न भएको संस्थाका पिताम्बर ठाकुरले जानकारी दिनुभयो । कार्यक्रममा हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, पालिकाकै अजितकुमार मल्लिक, कृषि शाखाका लक्षमी प्रसाद मेहता, राजनीतिक दलका द्धारिकलाल साह, विधान्दन साह, गंगा प्रसाद साह, नजाम अंसारी, अनिता मेहता, चन्द्रकिसोर मेहता, मनोज ऋषिदेव, दिपक तिम्सिना, विरेन्द्र प्रसाद साह, प्रहरी श्यामप्रसाद न्यौपाने, पत्रकार जयकृष्ण यादव, सन्तोश मेहता, गजेन्द्र बहादुर घिमिरे, अनुपम साह सहितकाले कार्यक्रमका बारेमा बोल्नुभएको थियो ।
१, सुनसरीको हरिनगर गाउँपालिका ३ गौतमपुरमा धान ब्लक कार्यक्रमको बारेमा गोष्ठीमा सहभागिहरु ।
तस्बिर ः जयकृष्ण यादव । इनरुवा