प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउँछौं : महामन्त्री कोइराला
५ चैत्र २०७७, बिहीबार १७:०९
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एक साताभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रसताव ल्याउने बताएका छन् । आज बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले अब कांग्रेस, माओवादी केन्द्र र जसपा नेपालको गठबन्धन बन्ने पनि दाबी गरे । कोइरालाले कांग्रेस नेतृत्वमा गठित सरकारले मंसिरमा संघीय संसद्को निर्वाचन गराउनु पर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया