भन्सार छलीको समान बरामद
२४ पुष २०७७, शुक्रबार १६:५८
इनरुवा । जिल्लामा खुल्ला सीमामा बढेको चोरी तस्करी नियन्त्रणमा सुनसरी प्रहरीले निगरानी बढाएको छ । प्रहरीले निगरानी बढाएको बेला जिल्लाको बिभिन्न स्थानमा प्रहरीले सुरक्षा चेकजाँच गर्ने क्रममा अवैध खाधान्न, लत्ताकपडा र प्याज लगायत तस्करीको समान बरामद गरेको हो ।
प्रहरीले कुल एक लाख ७५ हजार सात सय ९० रुपियाँ मुल्य बरावरको सामान भारतबाट चोरी पैठारी गरी भन्सार छलि सहित नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारेको जनाएको छ ।
फेला पारीएको सामान आवश्यक कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरी पठाईएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया