मानव अधिकार गोष्ठी सम्पन्न – Nagarikabhiyan : National News

मानव अधिकार गोष्ठी सम्पन्न

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक १ नम्बर प्रदेश कार्यालय मार्फत संचालनमा रहेको इएलपी परियोजना अन्तरगत मानव अधिकार गोष्ठी सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोग र मानव अधिकार समूह भोत्रलाहा नरसिंहको आयोजना तथा भोक्राहा नरसिंह गाउँपालिका २ को समन्वयमा पुस २४ गते स्वास्थ्य चौकी भोक्राहाको भवनमा मानव अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको व्यवस्थापनका विषयमा छलफल गरेको हो । दुई वर्षदेखी गाउँपालिकामा संचालन भईरहेको ईएलपी कार्यक्रम सम्बन्धित वडामा उठेका सवालहरुको कार्यान्वनको अवस्था, शिक्षा, स्वास्थ्य, खाध्य र अवासको अधिकारको अनुभुती लगायतका विषयमा सरोकारवालाहरू बीचमा छलफल गरिएको समूहका ममता उराँवले बताउनुभयो ।

कार्यक्रममा फुलोकुमारी रामले विद्यालयहरुमा दरवन्दि नहुँदा विद्यालयहरूनै बन्द हुने अवस्थामा पुग्दा समेत पालिकाले चासो नदिएको गुनासो गर्नुभयो । विद्यालयहरुमा दरबन्दी अभाव भएको र विधार्थी शिक्षकको अनुपात नमिलेको गुनासो गर्नुभयो । स्थानीय श्री आधारभुत विद्यालयका प्रधानाध्यापक मनोज मेहताले अरु स्थानीय सरकारले स्वयम सेवक शिक्षकको व्यवस्था गरी सकेको भएपनि यहाँ त्यसको व्यवस्था नभएकाले पनि केही समस्या भएको बताउनुभयो । मेहताले समाधानका लागि वैकल्पिक उपायहरू अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार समूहका सदस्य सुरेन्द्र मेहताले गाउँ तथा वडाकोे ठोस शिक्षा, स्वास्थ्य , खाध्य र अबास नीति नभएको र केही भएपनि प्रयोगमा नहुँदा यस क्षेत्रमा उत्साहजनक रूपमा काम नभएको बताउनुभयो । मेहताले अधारभुत र माध्यमिक विद्यालयहरूमा सरकारले सेनेटरी प्याडको लागि वजेट निकासा गरे पनि प्याड खरिद गर्न नस्कदा केही विद्यालयमा स्यानेटरी प्याड उपलब्ध हुन नसकेको बताउनुभयो ।
कार्यक्रममा भोक्राहा नरसिंह गापाका २ नम्बर वडा अध्यक्ष आलम अंसारीले सबै क्षेत्रमा आफ्नो तर्फबाट भएका प्रगतिका बारेमा जानकारी दिँदै मानव अधिकार समूहले केही समय अघि ध्यानाकर्षण गरेको आबासको माग सम्बाधेन भएको तथा अन्य सबै काम पूरा हुन नसके पनि केही काम भईरहेको जिकिर गर्नुभयो ।
भोक्राहा स्वास्थ्य चौकीका प्रमुख रमेश कुमार साहले कोभिड–१९ को समयमा पनि स्वास्थ्य संस्था नियमित सञ्चालन गरेर सेवा दिएपनि प्रसुती गृह संचालनका लागि प्रयाप्त सहयोग पालिकाबाट नभएको गुनासो गर्नुभयो । साहले भवनमा मर्मत सम्भार, औजार तथा उपकरणको व्यवस्था, कुर्वाका लागि विश्रामस्थल, प्रसुती गराउन आउने रात्रीकालिन सेवाग्राहीका कुर्वालाई सुत्ने, बस्ने ठाउको व्यवस्था गर्नुपर्ने, नयाँ एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने र वेलाबखतमा अनुमगन समेत गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य चौकीका सुनिता कुमारी साहले महिलामैत्री प्रसुति गृहत भएपनि आवश्यक पूर्वाधारको अभाव भएकाले त्यसमा आपुर्ती जरुरी रहेको बताउनुभयो । त्यसैगरी हेल्थ अशिस्टेन प्रतिभा यादव, अनमी गितकुमारी मेहता, सुनिताकुमारी साह, फूलकुमारी राम, फूलोदेवी मेहता, महेन्द्र प्रसाद पौद्धार, गुलावचन्द साह सहितका सरोकारवालाले राखेका सवालको जवाफ दिनुभएको थियो । सो अवसरमा सरोकारवालाहरूले सबै भन्दा शिक्षा र स्वास्थ्यका सवालमा निकै समस्या भएको गुनासो गरेका थिए ।

कार्यक्रममा शिक्षकहरुले भौतिक संरचना तथा पर्याप्त शिक्षक दरबन्दी भए मात्र विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सकिने बताउनुभयो । सरकारले कोभिड–१९ को समयमा विद्यालय सञ्चालन नगर्नु भनेपछि विद्यालयको आन्तरिक व्यवस्थापनको कार्य गरिएको बताउनु भयो ।
मानव अधिकार समूहका अध्यक्ष शोभाकुमारी मेहताको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको सदस्य नुनु साहले जानकारी दिनुभयो । कार्यक्रममा इन्सेकका सहजकर्ता जयकृष्ण यादवले सहजीकरण गर्नुभएको थियो ।