सुनसरीको गाउँगाउँ टोलटोलमा बास तेर्साएर लकडाउन – Nagarikabhiyan : National News

सुनसरीको गाउँगाउँ टोलटोलमा बास तेर्साएर लकडाउन

सुनसरी : सुनसरीको विभिन्न गाउँपालिका र नगरपालिकाले आआफ्नो गाउँगाउँ टोलटोलमा कोरोना विरुद्धको लकडाउनमा बास तेर्साएर घेराबेला लगाएको छ । लकडाउनमा अर्को गाउँका मानिस प्रवेश गर्न नपाओस भनेर सदरमुकाम इनरुवा २ को गाउँगाउँ टोलटोलमा सहित १२ वटै स्थानीय तहको भित्रि गाउँटोलमा समेत बास तेर्साएर बन्द गरेको छ ।

लकडाउनको पूर्ण पालना र कार्यान्वयनका लागि इनरुवा २ पण्डीत टोलका युवाहरुले मूख्य सडकमा बास तेर्साएर बन्द गरेको छ । त्यसैगरी कोशी गाउँपालिका १ लौकहीमा समेत लकडाउन कार्यान्वयका लागि गाउँगाउँ टोलटोलमा बास तेर्साएर बन्द गराएको स्थानीय पवन रौनियारले जानकारी दिनुभयो ।                                                                                                                                                                                                           

लकडाउन कार्यान्वनका लागि लौकहीको नेपाल कविरथ समाजले अपरिचित व्यक्तिलाई गाउँ प्रवेशमा निषेध लेखेर बास तेर्साएर बन्द गरेको समाजका सुमन मण्डलले बताउनुभयो ।