छ हजार घुसको रकम सहित प्रहरी पक्राउ
१७ पुष २०७७, शुक्रबार १९:०१
देवानगंज । । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका क्षेत्रबाट घुसको रकम सहित एक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसंधान आयोगको इटहरी टोलीले पक्राउ गरेको छ । अख्तियारले इलाका प्रहरी कार्यालय हरिनगरका प्रहरी हवलदार भोला यादवलाई घुसको रकम सहित प्रहरी पक्राउ गरेको हो । प्रहरी हवलदार यादवलाई ६ हजार रुपियाँ रकम सहितरगें हात अख्तियारले पक्राउ गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादवले भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले प्रहरी हवल्दार यादवले सेवाग्राहीबाट छ हजार रुपियाँ सहित पक्राउ गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार अतिरिक्त रकम लिई तत्कालै खाजा होटल संचालन गर्ने स्थानीय व्यापारी विनोद साहलाई राख्न दिएको अवस्थामा रकम सहित दुबै जनालाई हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । एता पक्राउ परेको विषयमा थाहा नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवत्ता डीएसपी नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया