उराँवहरुको एकिन तथ्यांकका लागि सचेतना
८ पुष २०७७, बुधबार १४:३६
इनरुवा , मंसिर ८ गते । सुनसरी सदरमुकाम इनरुवामा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानले उराँव समुदायको जनसंख्या एकिन गर्न र भाषा संरक्षणका लागि भन्दै राष्ट्रीय जनगणना अभियान २०७८ का सचेतना कार्यक्रम सुरु गरेको छ ।
प्रतिष्ठानले उराँव, झाग्ड, धागड, कुडुख सहितका विभिन्न थर लेखाउने भएकाले जनसंख्या कम देखिएकाले आउदो जनगणनामा एकरुपताका लागि अभियान चलाएको हो । उराँवहरुको जनसंख्याको एकरुपताका लागि भन्दै जातजातीमा उराँव÷झाग्ड, धागड÷कुडुख लेखाउन, पूर्खाको भाषामा उराँव÷कुडुख, मातृभाषामा उराँव वा कुडुख र धर्ममा प्रकृति पुजक(सरना धर्म) लेखाउनका लागि सबै आफ्नो समुदायमा अपिल गरेको अध्यक्ष बेचन उराँवले जानकारी दिनुभयो । 
उराँवहरुको बसोबास रहेको घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न लागेको समेत जनाएको छ । प्रत्येक नगर तथा गाउबाँट वडावडामा नमूना गणना सञ्चालन गरिने भएको छ ।
प्रतिष्ठानले उराँवहरुको भेला सम्मेलन गरी नमूना गणनाका लागि केही सुपरीवेक्षक, गणक जनशक्ति परिचालन गर्ने जानकारी दिएको छ । नमुनाका लागि सुपरीवेक्षक र गणक उराँव समुदायबाटै पठाएको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया