हरीनगरमा वितरण गरिएको चामल गुणस्तर रहेको दावी – Nagarikabhiyan : National News

हरीनगरमा वितरण गरिएको चामल गुणस्तर रहेको दावी

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकाले वितरण गरेको राहत सामग्री मध्ये चामल प्लाष्टिकको भएको र गुणस्तरहिन भएको भ्रम(अफवाह) फैलाइएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार पालिकाले पत्रकार सम्मेलन गरि वितरण गरिएको प्रेश विज्ञप्तीमा हरीनगरमा वितरण गरिएको चामल गुणस्तरीय रहेको दावी गरेको छ ।

सुनसरीको हरिनगर गाउँपालिकाले बितरण गरेको राहत सामाग्री सर्वसाधारणहरुले फिर्ता गरेपछि प्रमुख प्रशासकिय अधिकृत कृष्णबहादुर कासीले राहत वितरण , चामलको भातमा समस्याको कारण र तथ्य सहित पत्रकार सम्मेलन गरी स्पष्ट पार्नुभएको छ ।

सर्वसाधारणहरुले प्लाष्टिकको चामल दिएको भन्दै फिर्ता गरेपछि हरिनगर गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी केही तत्वले अफवाह फैलाएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

बितरण गरिएको राहत सामाग्री चामल पूर्णरुपमा गुणस्तर .रहेको र खान योग्य रहेको खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पुष्टि गरेपछि हल्ला र भ्रमको पछि नलाग्न पालिकाका सर्वसाधारणहरुलाई हरिनगर गापाका अध्यक्ष गफार अन्सारी मियाँले आग्रह गरेका छन् । मियाँले आफुलाई बदनाम गराउने केही तत्वहरुले हल्ला फैलाएको र त्यसमा कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ ।

प्लाष्टिकको चामल नभएको दाबी गर्दै अध्यक्ष अन्सारीले आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाले खाद्यय संस्थान बिराटनगरबाट खरिद गरी र ल्याब परीक्षण गरेर ल्याएको चामल गुणस्तरीय भएकोले सर्वसाधारणहरुलाई अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।

हरिनगर गाउँपालिका वार्ड नम्बर १ र २ का गरीव तथा बिपन्न परिवारले लिएको राहत सामाग्रीे मध्ये चामल प्लाष्टिकको भएकोले पालिकालाई फिर्ता गरेपछि त्यसको बारेमा यथार्थ जान्नका लागि आफुहरु बिराटनगरको खाद्यय ब्यवस्था तथा ब्यापार कम्पिन लिमिटेड र खाद्यय प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरमा पुगेर सोधीखोजी गर्दा खाद्यय प्रयोगशालाले गरेको परीक्षणमा प्लाष्टिकको अंश नदेखिएको र खान योग्य गुणस्तर चामल भएको पुष्टि भएको बताउनुभयो ।

भ्रममा परेर धेरै वडाबासीहरुले चामल फिर्ता गरेकाले त्यसप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताउनुहुदैं मियाँले हल्लाको पछि नलाग्न पत्रकार सम्मेलन मार्फत अपिल गर्नुभएको छ ।