हिन्दु स्वयमसेवक गठन
४ पुष २०७७, शनिबार १७:२४
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हिन्दु स्वयम सेवक संघ तथा राजसंस्था पुनरस्थापना संघर्ष समितिको गठन भएको छ । हिन्दु राज्य सहित राजसंस्था पुनरस्थापनाको माग गर्दै भोक्राहा नरसिंह गाउँपालिकामा हिन्दु स्वयम सेवक संघ गठन भएको हो ।
युवाहरुको भेलाले राजेश यादवको अध्यक्षतामा १३ सदस्य हिन्दु स्वयम सेवक संघ भोक्राहा नरसिंह गाउँ सतिति गठन भएको जनाएको छ ।
संघको उपाध्यक्षमा सुर्यनारायण यादव, सचिवमा सत्य नारायण शर्मा , सहसचिवमा सुरेन्द्र मेहता, कोषाध्यक्षमा सचेन्द्र मेहता रहेका छन् । सदस्यहरुमा प्रियंका यादव, विद्यानन्द यादव, महेन्द्र यादव, अजय यादव, महेश मेहता लगायतका रहेका छन् । उहीहरुले पुष २७ गते राजसंस्था पुनरस्थापनाका लागि भन्दै वृहत रयाली निकालिने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया