विधालयमा सरसफाई सामग्री
२ पुष २०७७, बिहीबार १६:१४
इनरुवा, पुस २ गते । सुनसरीको गाढी गाउँपालिकाका सामुदायिक विधालयमा सरसफाई सामग्रीवितरण गरिएको छ । गढी गाउँपालिकाको २६ विद्यालयहरुलाई सरसफाई सामग्रीवितरण गरेको शिक्षाशाखाप्रमुख छवी कड्काले जानकारी दिनुभयो । खड्काकाअनुसार पालिका भरी विद्यालयहरुलाई एक साथ विद्यालय सञ्चालनमा सहजताका लागि सरसफाई सामग्री वितरण गरेको हो ।
विद्यालयहरुलाई ज्वरो नाप्ने थर्मल गन सरसफाई सामग्रीवितरण वितरण गरेको जनाएको छ । प्रत्येक विद्यालयलाई एक । एकथाम थर्मल गन, सावुन, पानी, माक्स र स्यानिटाईजर सहितका सरसफाई सामग्री वितरण गरेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले लामो समयपछि खुल्न लागेको विद्यालयमा कोही कसैलाई कोरोनाको असर नपरोस भनेर सरसफाई सामग्री वितरण गरेको बताउनुभयो । यादवले आफ्नो पालिकाका २६ विद्यालयलाई सरसफाई सामग्री वितरण गर्नुहुदै सबैलाई स्वास्थ्य सुरक्षा अप्नाउन समेत आग्रह गर्नुभयो ।

सरसफाई सामग्री वितरण कार्यक्रममा प्रमुख प्रशासयिक अधिकृत प्रमेद चौधरी, उपाध्यक्ष राजकुमारी चौधरी, शिक्षा शाखा प्रमुख छवी खड्का, योजना शाखाका योगराज निरौला प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो । यसैबीच १२ वटा सामुदायिक विद्यालयलाई समेत थर्मल गन वितरण गर्ने तयारी गरेको शिक्षा शाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया