जंगली हात्ती आक्रमणमा परि यादवको निधन – Nagarikabhiyan : National News

जंगली हात्ती आक्रमणमा परि यादवको निधन

सुनसरीको कोशी क्षेत्रमा हात्ती आतंक जारी रहेको बेला फेरी एक जना युवाको हात्ती आक्रमणमा परि ज्यान गएको छ । सुनसरीको कोशी गाउँपालीका ७ हरिपुरमा जंगली हात्तीको आक्रमणबाट एकजना युवाको ज्याज गएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट सोमबार विहान कोशी गाउँपालीका वार्ड नम्बर ६ श्रीपुर घरभई वार्ड नम्बर ७ स्थित हरिपुरमा खेतमा पानी पटाउने काम गरिरहेका २६ वर्षिय प्रमोद यादवको ज्यान गएको वडा अध्यक्ष रामचन्द्र महतोले जानकारी दिनुभयो ।
घटनापछि आरक्ष कार्यालयका कर्मचारी, नेपाली सेनाका साथै स्थानीय प्रहरी घटनास्थलमा पुगी अनुसन्धान थालेको छ भने शवको पोष्ट मार्टम इनरुवा अस्पताल इनरुवामा गरिएको स्थानीय तेजनाराण यादवले जानकारी दिनुभयो । कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले घटना प्रति दुख व्यक्त गर्दै क्षतीपुर्ती र राहतका लागि माग गर्नुभएको छ । यसअघि सुनसरीमा १८ जनाको अर्ना र हात्ती आक्रमणमा मृत्यु भईसकेको छ ।