विवाहको फजुल खर्च कटाएर वृद्धवृद्धा, अपांगता भएका र एकल महिलालाई सम्मान – Nagarikabhiyan : National News

विवाहको फजुल खर्च कटाएर वृद्धवृद्धा, अपांगता भएका र एकल महिलालाई सम्मान

सुनसरीको कोशी गाउँपालिकामा एक जोडिले आफ्नो विवाहको फजुल खर्च कटाएर गाउँका जेष्ठ नागरिक(वृद्धवृद्धा), अपांगता भएका व्यक्ति र एकल महिलालाई सम्मान गरेको छ । जाडोबाट जोगिन जेष्ठ नागरिक(वृद्धवृद्धा), अपांगता भएका व्यक्ति र एकल महिलालाई कपडा सहित सम्मान गरेको हो । सुनसरीको कोशी गाउँपालीका ५ श्रीपुरजब्दी कुम्याहीका कुलदिप महतो र काठमाण्डौकी रोजीना महतोले आर्दश विवाह गरी विवाहमा लाग्ने खर्च र फजुल खर्च समेत जोगाएर गाउँका वृद्धवृद्धा, अपांगता भएका र एकल महिलालाई न्यानो कपडा सहित सम्मान गरेको हो ।

महतो जोडीले आफ्नो विवाहमा लाग्ने खर्च जोगाएर वृद्धवृद्धा, अपांगता भएका र एकल महिलालाई सम्मान सहित श्री राष्टिय आधारभुत विद्यालयका बालबालिकाको छात्रवृतिका लागि अक्षय कोषका लागि ५१ हजार रुपियाँ समेत हस्तानतरण गरिएको छ । महतो नवविवाहित जोडीले गाउँकै विद्यालयलाई अक्षय कोष स्थापनामा सहयोग गरेका छन् ।
सम्मान कार्यक्रममा कोशी गाउँपालिका ५ का वडा अध्यक्ष साह जमाल, जिल्ला समन्वय समितिका सदस्य मो. नौसाद, शिवनारायण महतो, जिनत महतो सहितकाले दोसल्ला, न्यानो कपडा सहित जेष्ठ नागरिक(वृद्धवृद्धा), अपांगता भएका व्यक्ति र एकल महिलालाई सम्मान गर्नुभएको थियो ।
विवाह खर्चको रकम जोगाएर स्थानीय विद्यालयलाई रु ५र्१ हजार रुपियाँ प्रदान गरेका हुन् । नबदम्पतीका बुवाले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न हजुर बुवा सुनर महतोको नाममा अक्षयकोष स्थापना गरेका हुन् । उक्त कोषबाट कक्षा ५ मा पढ्ने उत्कृष्ट विद्यार्थीलाई र गरिब तथा विपन्नलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका शिक्षक सागर पण्डितले बताउनुभयो ।
गाउँपालिकाका ४४ जेष्ठ नागरिक(वृद्धवृद्धा), १४ जना पूर्ण अपांगता भएका व्यक्ति र २८ जना एकल महिलालाई सम्मान गरेको आयोजकले जनाएको छ ।

१, विवाहको फजुल खर्च कटाएर कोशी गाउँपालीका ५ श्रीपुरजब्दी कुम्याहीका कुलदिप महतो र काठमाण्डौकी रोजीना महतोले जेष्ठ नागरिक(वृद्धवृद्धा), अपांगता भएका व्यक्ति र एकल महिलालाई सम्मान गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा