मृत्क परिवारलाई आर्थिक सहयोग
२८ मंसिर २०७७, आईतवार ११:०६
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा कुटाइबाट मृत्यु भएका परिवारलाई नगरपालिकाले नगदसहित आर्थिक सहयोग प्रदान गरेको छ ।
वडा नं ६ कटैया गाउँमा भारतिय सिमानामा खेतमा बालि खाएको बिषयमा झगडा हुँदा भारतीय बासीको कुटपिटका कारण स्थानिय रामदेब यादवको दुई÷तीन महिना अगाडी मृत्यु भएको थियो ।
मृतक यादवका श्रीमतीलाई डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख ईन्दुदेवी यादवले आर्थिक सहयोग स्वरुप तत्काल रु ५१ हजारको चेक हस्तान्तरण गर्नुभयो ।
श्रीमानको मृत्यु भएपछि पिडित परिवार कष्टकर जीवन यापन गर्दै भएको थियो । साथै घर परिवार तथा छोरा छोरीहरुलाई गुजारा गर्नमा पनि समस्या भइरहेको अवस्थामा नगरपालिकाले आर्थिक सहयोग गरेको स्थानियबासी महेन्द्र सदाले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया