सिक्टा सिंचाई आयोजनाको स्याल्याप भासिदै
२७ मंसिर २०७७, शनिबार १८:१०
बाँके । बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको काम अब ४० प्रतिशत मात्र बाँकी रहेको छ ।
करिब ३१ अर्ब लगानीमा निर्माण भइरेहको अयोजनामा विभिन्न चुनौतिहरु थपिएका छन् । राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर नहर निर्माण भैसकेको छ ।
पूर्णरुपमा निर्माण सम्पन्न नहुँदै आयोजनाले विभिन्न समास्याको समाना गर्नु परेको छ । नहरको पुलमा लगाएका र्यालिङहरु चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौतिको समाना गर्नुपरेको छ ।
सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहर भित्र बनाइएका स्याल्यापहरु माटोमा भासिनले पनि काम गर्न समस्या भएको बताए ।
नहरमा खास गरेर घुलनसिल माटो भएकोले नहरको संरचना भत्किने गरेको उनले बताए । जंगलको बाटो भएको कारणले पानी खेतसम्म पुर्याउन गाह्रो भए पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताए ।
डुडुवा नहरमा अव्यवास्थीत पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पुर्याउन जटिलता देखिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया