किशोरीहरू बिच ब्याडमिन्टन प्रतियोगिता – Nagarikabhiyan : National News

किशोरीहरू बिच ब्याडमिन्टन प्रतियोगिता

राजबिराज । राजबिराज नगरपालिकाको मुसहरियामा पहिलो पल्ट किसोरीहरूको क्षमता अभिबृद्विका लागि अन्तर वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।

शनिवार राजबिराज वडा १५ स्थित जनता आधारभुत बिधालय मुसहरनियामा वडा बाल संरक्षण समितिको आयोजनामा सेभद सप्तरी तथा सेभद चिल्ड्रेनको सहयोगमा किसोरकिसोरी कार्यक्रम अन्तर्गत ब्याटमिन्टन खेलको आयोजना गरिएको हो ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत वडास्तरिय किसोरीहरू बिच आयोजित अन्तरबिधालय ब्याटमिन्टन खेलमा रंजन कुमारी यादब प्रथम, किरण राम दोस्रो तथा रेणु कुमारी यादब तेस्रो तथा सान्त्वना स्थान रंजन कुमारी मण्डल प्राप्त गरेका छन ।

सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिधालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासँघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभद सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेका लाई कप प्रदान गरेका छन ।

यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरेका छन।

यसैगरी शब्द लेखन प्रतियोगितामा चाँदनी कुमारी शर्मा प्रथम, मोहम्मद अब्दुल दोस्रो, अरबिन्द यादब तृतिय स्थान हासिल गरेका छन भने नितु कुमारी मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन ।

त्यसैगरी बक्तित्व कला प्रतियोगिता मा रेणु कुमारी यादब प्रथम, ज्योती कुमारी मण्डल दोस्रो, सुजित कुमार मण्डल तृतिय घोषित भएका छन,,भने निराजन कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेको सेभद सप्तरीका सुपरभाईजर राजिव चौधरीले बताउनुभयो ।