कोशी टप्पुमा नयाँ प्रजातिका हाँस थपिए
२५ मंसिर २०७७, बिहीबार १३:३२
इनरुवा । कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ हाँस प्रजातिको चरा थपिएको छ । यो सँगै आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ ।
आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीका अनुसार थपिएको पंक्षी बिनगुज सहित आरक्षमा पाइने चरा प्रजातिको संख्या ५ सय ३१ पुगेको छ । नयाँ भेटिएको बिनगुज सहित आरक्षमा पाइने हाँस प्रजातिको संख्या भने ३७ पुगेको छ । कोशी टप्पुमा बिनगुज पाइएको जानकारी भने आरक्षको कार्यालयले पंक्षीविद् सहितको वर्ड वाचरको टोलीबाट जानकारीमा आएको जनाएको छ ।
संरक्षण अधिकृत चौधरीले आरक्षमा चरा अवलोकनमा आएको टोलीले नयाँ पंक्षी प्रजाति फेला पारिएको विषय आफुहरुको जानकारीमा आएको बताउँदै सोको पुष्टि समेत कार्यालयले गरिसकेको बताए । चौधरीका अनुसार आरक्षमा भेटिएको बिनगुजको ठुँडो सानो छ । खुट्टा गुलाबी भएको उक्त पंक्षीको पखेटाको माथिल्लो भाग शरीरको अन्य भाग भन्दा फिका रहेको उनले जानकारी दिए । चौधरीले बताए अनुसार बिनगुज चखेवा भन्दा केहि ठूलो रहेको छ ।
उनले चराको राजधानीका रुपमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा पाइने पंक्षी प्रजातिहरु बढ्दै जानु सकारात्मक पाटो भएको बताए । संरक्षण अधिकृत चौधरीले सुनसरी, सप्तरी र उदयपुरको १ सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको आरक्ष चराको वासस्थानका लागि उपयुक्त गनतब्य रहँदै आएकोे बताए ।

चरा प्रजाति बढ्दै जाँदा चरा अवलोकन गर्न आउनेहरुको संख्या बढ्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आरक्ष कार्यालयको ठहर छ । यद्यपि आरक्षको कार्यालयले चोरी शिकारीका कारण चरा संरक्षणमा भने चुनौति रहेको बताएको छ । आरक्ष कार्यालयका अनुसार विहानीपख आहारको खोजीमा निस्कने चरालाई शिकारीले खेतबारीमा विष हालेर मार्ने गरेका छन् । जसको नियन्त्रणका लागि गस्ती बढाइएको कार्यालयले जनाएको पूर्वेली न्यूजमा लेखिएको छ।

संरक्षण अधिकृत चौधरीका अनुसार हिउँदमा जाडो छल्न साइबेरिया देखि चराहरु कोशी टप्पु आउने गरेका छन् । त्यसरी बसाईसराई गरी आउने चरा प्रजातिको संख्या १ सय ५० बढी रहेको कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालयले जनाएको छ । कार्यालयले यस अघिको जाडो सिजनमा पाइएका सबै चराहरु यतिबेला आरक्षमा देखा परिसकेको जनाएको छ ।
जाँदा चरा अवलोकन गर्न आउनेहरुको संख्या बढ्ने र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आरक्ष कार्यालयको ठहर छ । यद्यपि आरक्षको कार्यालयले चोरी शिकारीका कारण चरा संरक्षणमा भने चुनौति रहेको बताएको छ । आरक्ष कार्यालयका अनुसार विहानीपख आहारको खोजीमा निस्कने चरालाई शिकारीले खेतबारीमा विष हालेर मार्ने गरेका छन् । जसको नियन्त्रणका लागि गस्ती बढाइएको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया