संविधान संसोधन आवश्यक : राजेन्द्र महतो
२४ मंसिर २०७७, बुधबार ११:३८
राजविराज । जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता राजेन्द्र महतोले मधेसी,जनजाती,उत्प्रेरीत र पिछाडीएका वर्गका लागिसंविधान संशोधन हुनुपर्ने बताउनुभएको छ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं – ४ छपकीमा मंगलबार शहिद खुशीलाल यादव एवं नागेश्वर यादवका शलिक अनावरण कार्यक्रम सभालाई सम्बोधन गर्दै उहाँले संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या समाधान हुनु जरुरी रहेको बताउनुभयो ।
साथै आफूहरु मधेशदेखी पहाडसम्मका सिमान्कृत जनता पिडित रहेकाले तिनीहरुको हकहित र अधिकारका लागि आवाज मुखरित हुने गरि संविधान संशोधन हुनुपर्ने उहाँले जोड दिनुभयो ।
संबिधान संशोधन नभएका कारण व्यवस्थित गर्न पनि यसले त्रुटिपर्ण रहेको जिकिर गर्नुभयो ।
मधेसी जनताको बलिदानबाट लोकतन्त्र आएको बताउदै पिछडिएका उत्पडित वर्ग, मधेसी,जनजाती,थारु महिला, मुस्लीम,आदिवासी ,जनजाती लगायतका हितको लागि संबिधन संशोधन हुनुपर्ने उहाँको भनाई थियो ।
आफूहरु संबिधान संशोधनका लागि संघर्षरत रहेको प्रष्ट पार्दै मुलुकमा अव बृहत एकता गरि राष्ट्रिय ब्यापी आन्दोलनको तैयारी भइरहेको उहाँले बताउनुभयो ।
जनताको समस्या समाधानको लागि आफूहरु बृहत एकताका साथ अघि बढिरहेको उहाँले उल्लेख गर्नुभयो ।
संविधान सबैको सर्वस्वीकार्य बन्नलाई जनताको समस्या पहिले समाधान हुनु जरुरी रहेको भन्दै जनताका समस्या समाधान भएमात्र संविधान सर्वस्वीकार्य हुने उहाँको धारण रहेको थियो ।
नेता महतोले जनताको अपेक्षा अनुसार काम हुन नसकेका कारण अहिले विकल्पको रुपमा मधेसका सबै पार्टी एकता भएको दाबी गर्नुभयो ।
उहाँले संविधान संशोधन नगरिकन सर्वस्वीकार्य हुन नसक्ने ठोकुवाका गर्दै आफूहरु त्यसैका लागि संघर्षरत रहेको जिकीर गर्नुभयो ।
संविधान संशोधन गरेर असन्तुष्ट पक्षका माँग सम्बोधन गर्ने मामिलामा पनि सरकार इमान्दार नदेखिएको बताउँदै उहाँले आन्दोलनको विकल्प नरहेको उद्घोष गर्नुभयो ।

आदिवासी, जनजाती, दलित, मधेशी तथा सिमान्कृत समुदायको माँग सम्बोधनका लागि संविधान संशोधन आवश्यक छ, उहाँले भन्नुभयो “सरकार हामीहरुका यी माँगप्रति उदासिन भएर बसिरहेको छ ।”
नेता महतोले भन्नुभयो उत्पीडित जाति तथा समुदायको माग अझैं पनि सम्वोधन हुन नसकेकोले संविधान संशोधनका लागि आफुहरु अझैं संघर्षको क्रममा नै रहेको बताउँदै मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी गठन गर्नुपरेको बताउनुभयो ।
नेता राजेन्द्र महतोले मधेशी, आदिवासी, जनजाति, शोषित, उत्पीडित समुदायको हक अधिकार सुनिश्चितताका लागि वैकल्पिक शक्तिको रुपमा आफुहरु अगाडि बढिरहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया