मकैको बिउ वितरण, कृषक खुसी – Nagarikabhiyan : National News

मकैको बिउ वितरण, कृषक खुसी

इनरुवा, मंसिर २१ गते । सुनसरीको रामधुनी नगरपालिकाको वडा नम्बर ९ ले वडाका किसानलाई निशुल्क रुपमा मकैंको बिउ वितरण गरिएको छ । वडा कार्यालयले चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत मकैको बिउ बितरण गरिएको हो । मकैं वितरण कार्यक्रममा रामधुनी नपा वडा नं ९ को वडा सदस्य योगेन्द्र बहादुर खडका, वडा सदस्य पुष्पलाल चौधरी सहितले वडाका मकै खेती गर्ने कृषकहरुलाई मकैं प्रदान गरेको हो । मकैको बीउ बितरण गरिएकाले कृषकहरुले खुसी व्यक्त गरेको स्थानीय धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।