नेपाली कांग्रेसको प्रशिक्षण – Nagarikabhiyan : National News

नेपाली कांग्रेसको प्रशिक्षण

इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमतिले नेपाली कांग्रेसका वडा सभापति र सचिवलाई वर्तमान अवस्था र कांग्रेसको भावी रणनीति र १४ औं महाधिवेशनको लागि इनरुवा नगर क्षेत्रमा नवीकरणका लागि इनरुवाका नगर सभापति राजन मेहताले नवीकरण फर्म नगरका
सभापति र सचिवलाई जिम्मा लगाएको नगर सचिव धिरज भट्टराईले जानकारी दिए ।

१४ औ महाधिवेशनको लागि क्रियाशिल सदस्य नवीकरण र संशोधित विद्यान सम्वन्धि प्रशिक्षण
दिएको नेपाली कांग्रेस केन्द्रीय नीती अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य बीरेन्द्र
साहले जानकारी दिएका छन् ।

 

उनका अनुसार मंसिर मसान्त भित्र इनरुवा नगर क्षेत्रका क्रियाशिल सदस्य नवीकरण गरी जिल्लालाई
बुझाउने तयारी गरिएको हो । कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख तथा नगर सभापति
राजन मेहता, संघीय सांसद सीताराम मेहता,कांग्रेस सुनसरीका जिल्ला सचिव केदार भण्डारी, इनरुवा
नपाका वडा नम्बर १ का वडाध्यक्ष रामचन्द्र पौदार लगायतको नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।