बीर अस्पताल अगाडी ढलको पोखरी बन्दा चाही महानगरको इ’ज्जत जाँदैन ?
१६ मंसिर २०७७, मंगलवार ०८:५६
काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो ।सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य जस्तै भैसक्यो सरकार प्रमुख एवं विशिष्ट व्यक्तिको आवत जावत यही ढलपोखरीबाटै हुने गरेको छ भने बीर अस्पतालमा चेक जाँचका लागि आउदै सर्वसाधारणले यो आहालको दर्शन नगरी सुखै पाउदैनन् ।
लकडाउनको समयमा दुईछाकबाट विमुखहरुलाई अभियन्ताहरुले खुल्लामञ्चमा भात खुवाँदा ‘काठमाडौंको इज्जत गयो’ भन्दा भात खुवाउन बन्द गरेको काठमाडौ महानगरपालिकाले बीर अस्पताल अगाडी आहाल जमेको भने अझै थाहा पाएको छैन। अस्पताल प्रवेश गर्ने बिरामी र बिरामीका आफन्त समेत दैनिक यहि अहाल हुँदै अस्पताल प्रवेश गरेका छन् । यो खबर आजको राजधानी दैनिकमा रहेको छ ।
न यो बर्खा हो न लामो समयदेखि पानी नै परेको छ । तर, नेपालको सबै भन्दा पुरानो अस्पतालको मूल गेटमै पानी जमेर आहाल बनेको छ । वीर अस्पताल सहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी जमेको हो । हप्ता दिन भन्दा बढी बिति सक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले यो आहाल नदेखेको हैन ।
यहाँ दिनमा दर्जर्नौं पटक सहरी सुव्यवस्थाका लागि खटिएका नगरप्रहरी आवात–जावत गर्छन् । तर, यो ढलको व्यवस्थान गर्न न महानगरपालिकाले चासो दिएको छ न केयूकेएलले नै ।सडकमा यस्तो समस्या आउँदा काठमाडौं महानगरपालिकाले समन्वय गरेर छिटो समाधानमा जोड दिनुपर्ने हो । तर, महानगरपालिका यो काम आफ्नो क्षेत्राधिकारभित्रको नभएको भन्दै पन्छिएर बसेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया