मुगुमा आगलागी हुँदा ५ घर जलेर नष्ट
११ मंसिर २०७७, बिहीबार १८:५६
मुगु । मुगुमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएको छ ।
जिल्लाको खत्याड गाउँपालिक-३ रोल गाउँमा आज (बिहीबार) दिउँसो आगलागी भएको हो ।
आगोबाट रोल गाउँका हस्तबहादुर शाही, होमबहादुर शाही, डबलबहादुर शाही, टेकबहादुर शाही र सुनकौरा सिंहको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
आगलागी के कति कारणले भएको हो भन्ने नखुलेको र सोही विषयमा अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए ।
आगलागीबाट नगदसहित लत्ताकपाडा, भाँडाकुँडा, काठ, तथा अन्न जलेर नष्ट भएको छ । श्रीकोट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विष्णु सेजुवालको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया