कप्तान ज्ञानेन्द्रलाई कोरोना पुष्टि – Nagarikabhiyan : National News

कप्तान ज्ञानेन्द्रलाई कोरोना पुष्टि

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आज आफुलाई कोरोना पोजेटिभ भएको बताएका छन् ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण अघि गरिएको कोरोना परिक्षणमा ज्ञानेन्द्रलाई कोरोना पोजेटिभ देखिएको छ ।