नेकपा पार्टी फुट्दैनः नेता आचार्य – Nagarikabhiyan : National News

नेकपा पार्टी फुट्दैनः नेता आचार्य

इनरुवा समाचारदाता:जयकृष्ण यादब

इनरुवा,मंसिर १० गते । नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश सांसद एंवम १ नम्बर प्रदेश पार्टी इन्चार्ज भिम प्रसाद आचार्यले नेकपा कुनैपनी हालतमा नफुटने बताउनुभएको छ ।

केन्द्रमा चर्काचर्की चलेकोले स्थानीयस्तरमा त्यसको भ्रम फैलिएको र पार्टी फुट्ने हल्ला फैलिएकाले नेकपा कुनैपनी हालतमा नफुटने आचार्यले बताउनुभएको हो ।

बुधबार सुनसरीको सीमावर्ती कोशी गाउँपालिका वडा नं. ३ पश्चिम कुशाहामा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्नुहुदै नेता आर्यायले देशको अभिभावक पार्टी नेकपा भएकाले नफुट्ने बरु बलियो भएर जनताको पक्षमा काम गर्ने बताउनुभयो ।

व्हाले फरक प्रंसगमा कोशीको विकासका लागि पालिकास्तर देखी नेतृत्व ठीक हुनु आवश्यक रहेको बताउनुभयो । राज्यले उत्पीडनमा पारेका जातजाति,दलित, मधेसी लगायतका समुदायलाई मूल प्रवाहमा नल्याएसम्म गाउँको दिगो विकास र शान्ति कायम हुन नसक्ने समेत दाबी गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली काङ्ग्रेस पूर्व क्षेत्रीय सदस्य उमर अन्सारीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि २४६ जना नेकपामा प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रमका प्रमुख अथिति समेत रहनुभएका आचार्य, विशिस्ट अतिथि सुनसरी जिल्ला कमिटी अध्यक्ष योगेन्द्र मण्डल पप्पु ,जिल्ला कमिटी सदस्य आजय कुशियैत,सदस्य रामप्रसाद मेहता, बाबुराम बराल लगायतले पार्टीमा स्वागत गर्नुभयो ।

नवप्रवेशीहरुलाई पार्टीको प्रभावशाली नेताहरुले अबिरको टिका र फुलमाला लगाई स्वागत गर्नु भएको थियो । नेकपा कोशी गाउँपालिकाका पार्टी अध्यक्ष ब्रहमदेब यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संचालक पार्टी सचिव अरुण मण्डलले गर्नुभएको इन्चार्ज मनटुन यादवले जानकारी दिनुभयो ।