वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावर कम्पनीको कारोबार रोक्का
१० मंसिर २०७७, बुधबार १२:४३
काठमाडौं । वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तवार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले तीन म्यानपावरको कारोबार रोक्का गरिएको जनाएको छ ।
कतारले वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो । सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले सोमबार र मंगलबार एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो ।
विभागले तीनवटै कम्पनीका सञ्चालकलाई २४ घण्टाभित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको थियो । होप इन्टरनेसनलमा कतारी दूतावासको कूटनीतिक सवारीसाधनसमेत भेटिएको थियो ।
स्रोत : न्युज२४बाट

फेसबुकबाट तपाईको प्रतिक्रिया