झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु – Nagarikabhiyan : National News

झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

झापा । झापामा जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पूर्व– पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको हो।

प्रहरीका अनुसार घाइते भएका थापालाई विपरीत दिशाबाट आएको जीपले ठक्कर दिएको थियो। जीप र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।