विद्युत सर्ट भई आगलागी हुँदा ४१ वर्षीया सन्तमायाको मृत्यु – Nagarikabhiyan : National News

विद्युत सर्ट भई आगलागी हुँदा ४१ वर्षीया सन्तमायाको मृत्यु

मर्स्यांङ्दी गाउँपालिका–४ स्यागे बस्ने ४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी श्रीमती ४१ वर्षीया सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको छ ।

साथै आगलागीबाट घर पसल, मोटरसाइकल १ थान नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।