कान्तिपुरका पत्रकार गोकर्ण गौतमको निधन – Nagarikabhiyan : National News

कान्तिपुरका पत्रकार गोकर्ण गौतमको निधन

काठमाडौं । कान्तिपुरका पत्रकार गोकर्ण गौतमको आज निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो ।

कला, साहित्यसम्बन्धी कलम चलाउँदै आएका पत्रकार गौतम मष्तिष्कको नशामा समस्या आएपछि सोमबार अस्पताल भर्ना भएका थिए ।

३१ वर्षीय पत्रकार गौतम समसामियक विषयवस्तु तथा सामजिक विषयहरुमा पनि कलम चलाउँथे । यसअघि उनी नेपाल साप्ताहिकमा कार्यरत थिए ।

गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।