प्रचण्डलाई बालेनको व्यङ्ग्य एउटा मन कति पल्ट जित्नुहुन्छ
१ माघ २०८०, सोमबार १५:२६
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेर राजनीतिक स्टन्ट मात्र गरेको टिप्पणी गरेका छन् ।
पानी वितरणमा पटक(पटक भएको उद्घाटनको विषयमा व्यंग्य गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्हा मीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।’
उनले व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरुवात भएको बताएका छन् । उनले आफूहरू आलोचना मात्र गर्न नगर्ने भन्दै बाह्रै महिना पानी ल्याउन दीर्घकालीन उपाय खोज्नुपर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया