आफ्ना उम्मेदवार नभएको स्थानमा जनमत पार्टीले गठबन्धनलाई सघाउने – Nagarikabhiyan : National News

आफ्ना उम्मेदवार नभएको स्थानमा जनमत पार्टीले गठबन्धनलाई सघाउने

राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।
जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशमा दुई जना मात्र उम्मेदवार बनाएको छ। जनमतले मधेसमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उम्मेदवार बनाएको छ।

जनमत पार्टीले आफ्ना उम्मेदवारलाई विजयी बनाइदिन सबैलाई अनुरोध समेत गरेको छ। जनमतले आफ्ना उम्मेदवार नभएका स्थानमा भने गठबन्धनलाई सघाउने जनाएको छ।