पोखराबाट नौ जुवाडे पक्राउ – Nagarikabhiyan : National News

पोखराबाट नौ जुवाडे पक्राउ

प्रहरीले पोखराबाट नौ जना जुवाडेलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका ८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका(६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले दिपासहित नौ जनालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाएको छ। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।