काठ तस्करीको सूचना दिने वनका अध्यक्ष आफै पक्राउ – Nagarikabhiyan : National News

काठ तस्करीको सूचना दिने वनका अध्यक्ष आफै पक्राउ

कञ्चनपुर- कञ्चनपुरको एक सामुदायिक वनमा अवैध रुपमा रुख कटानी भएपछि वनका अध्यक्षसहित दुई जना पक्राउ परेका छन । कृष्णपुर नगरपालिका(२ वाणीस्थित गडबिजला सामुदायिक वनमा सालका काचा रुख अवैध रुपमा कटानी भएपछि वनका अध्यक्ष धनीराम चौधरी र नारायण चौधरी पक्राउ परेका हुन् ।

रुख कटानीमा संलग्न रहेको भन्दै दुबै जनालाई शनिबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय कञ्चनपुरका निमिक्त डिभिजन प्रमुख कालीराम चौधरीले बताए । वनभित्र काटिएका रुख डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

उक्त वनबाट गत साता तीन ओटा सालका रुख काटिएका थिए । वनका अध्यक्ष धनीराम चौधरीले वनमा गस्ती जाने क्रममा तस्कर समूहले मेसिनले रुख काटेको पाइएको बताएका थिए । सुरुमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले आफै पक्राउ परेका हुन् ।