अपहरित बालकको विराटनगरबाट सकुशल उद्धार तीजना पक्राउ
२६ पुष २०८०, बिहीबार ०८:४४
बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।
अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका(१५ बाट उद्धार गरेको हो । उनी जहदा(१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए ।
पक्राउ पर्नेमा जहदा(१ का २० वर्षीय अभिषेक यादव १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका(१८ का २१ वर्षीय विवेकानन्द यादव छन् । मोरङकै भाथीगछ पुर्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया