राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज एपीएफ र गण्डकी तथा आर्मी र पुलिस खेल्दै
२५ पुष २०८०, बुधबार ०८:३६
सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा आज दुई वटा खेल हुँदैछन् । बिहान साढे १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश खेल्दैछन् । साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो ।
यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ । आर्मी समूह बी को विजेता हो । पुलिस भने समूह ए को उपविजेता हो । नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया