आँपको रूखको हाङ्गा काट्ने विषयमा झगडा हुँदा एकजनाको मृत्यु – Nagarikabhiyan : National News

आँपको रूखको हाङ्गा काट्ने विषयमा झगडा हुँदा एकजनाको मृत्यु

आँपको रूखको हाङ्गा काट्ने विषयमा आफ्नै भाइसँग झगडा भई कुटपिट हुँदा घाइते भएका धनगढीमाई नगरपालिका(११ सोनापुर बस्ने ७८ वर्षीय हेम प्रसाद यादबको मंगलबार बिहान मृत्यु भएको छ ।

उनकै भाइ ७० वर्षीय गंगा प्रसाद यादब र गंगा प्रसादको छोरा ३२ वर्षीय जिबछ यादबसँग विवाद भई झै(झगडा हुँदा गम्भीर घाइते भएका हेम प्रसादको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले हाल फरार गंगा प्रसाद र जिबछको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।