सक्छौ माया गर सक्दैनौ घृणा पनि नगर
२३ पुष २०८०, सोमबार १२:४०
मुक्तक _
जिएर जिन्दगी
साहित्यिक यात्री राज बोगटि सुन्दर सुदुर पश्चिम हाल सुन्सरी देवानगञ्ज
1
सधैं मलाई एक्लो पारी थर्काउनु को मतलब के हो
हिड्दै थिए धेरै टाढा फकाउनु को मतलब के हो
भन्नै पर्यो अब तपाईंले कुन नजरले हेर्छौ मलाई
अरु सगं बोल्दा आँखा तर्काउनु को मतलब के हो
2
किन दिलको यति नजिक आइदिन्छौ कोहि
किन प्रेमको मिठो आभाष दिलाईदिन्छ कोहि
जब बानि नै परि दिन्छ यो दिलमा। उसको
फेरि किन छोडेर साथ हराइ दिन्छ कोहि
3
हो आउँदैन हराई सके खोज्ने काम नगर्नू
म जस्तो अभागी लाई रोज्ने काम नगर्नू
तिम्रो लागि जिन्दगी भर काम नलाग्ने म
भन्दै छू मेरो बारे बारम्बार बुज्ने काम नगर्नू
4
आँशु पोखाई मूटू साट्यो धोकेवाज परे छौ
खानासम्म दिमाग चाट्यो धोकेवाज परे छौ
सँगसगै जिउँछु अनि मर्छु भन्ने नायकले हेर्
कति चोटी फोन काट्यो धोकेवाज परे छौ
5
कहिले काहि अलि कति पिउपिउ जस्तो लाग्छ
कस्तो हून्छ यो बेहोसिमा जिउजिउ जस्तो लाग्छ
यहाँ मेरो बूढा भन्नेले पनि बौलाहा बनायर गै यार
भटिवालि लाई सधै जवाँनि दिउदिउ जस्तो लाग्छ
6
पछि पछि सारा बिस्व आउनू को के अर्थ
तिमी छैनौं त साहारा खूसि पाउनू को के अर्थ
न शुन्य कोही छन त न पिर बूझ्ने कोही यहाँ
बिना गल्ती गीत सङ्गीत गाउँनु को के अर्थ

फेसबुकबाट तपाईको प्रतिक्रिया