कोटगाउँका विद्यार्थीलाई चन्दा उठाएर न्यानो कपडा वितरण – Nagarikabhiyan : National News

कोटगाउँका विद्यार्थीलाई चन्दा उठाएर न्यानो कपडा वितरण

रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ मा स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

स्थानीय बासिन्दाले भृङ्गेश्वर मावि कोटगाउँमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् । पूर्वविद्यार्थी र शुभेच्छुकले चन्दा सङ्कलन तथा देउसीभैलो कार्यक्रम गरी कक्षा १० कक्षासम्मका एक सय ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका प्रध्यानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिनुभयो ।

विद्यार्थीलाई ट्रयाकसुट, जुत्ता, मोजा, स्वीटर र टोपी वितरण गरिएको छ । प्रध्यानाध्यापक महतले पाँच हजार एक सय ११ चन्दा दिएर पोसाक अभियान थाल्नुभएको थियो । पोसाक खरिद गर्न नसकेका कारण विपन्न समुदायका बालबालिकाले फरक पोसाक लगाएर विद्यालयमा आउने गरेकोमा अब एउटै पोसाक भएको उहाँले बताउनुभयो ।