ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त
२१ पुष २०८०, शनिबार ०९:४४
रोजगार अनुमति प्रणाली ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेललाई नियुक्त गरिएको छ । शुक्रबार वैदेशिक रोजगार विभागले मैयाँ कँडेललाई ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए । यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो ।
उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो । ईपीएस कोरिया विवादपछि शाखाको निर्देशकको पद खाली नै रहेको थियो भने, आज करिब एक सातापछि कँडेललाई पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया