जिप दुर्घटना हुदाँ बैतडीमा ३ जना घाइते
१८ पुष २०८०, बुधबार १४:४६
बैतडीमा जिप दुर्घटना हुदाँ ३ जना घाइते भएका छन् । पञ्चेश्वर गाउँपालिका–४ को आम्चौराबाट मेलौलीतर्फ आउदै गरेको ना२च ४५५१ नम्बरको जिप गाउँपालिकाको कार्यालय नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा परी ३ जना घाइते भएका छन् । उनिहरुको उद्धार भइरहेको स्थानीय एवं पञ्चेश्वर गाउँपालिकाका पोषण स्वयंसेवक नारायण राम सार्कीले जानकारी दिए । उकालो र मोडमा टर्निङ नपुगेर दुर्घटना हुन पुगको बताइएको छ । प्रहरीको टोली घटनासथलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया