ट्याक्टरबाट खसेर वृद्धको मृत्यु चालक पक्राउ – Nagarikabhiyan : National News

ट्याक्टरबाट खसेर वृद्धको मृत्यु चालक पक्राउ

कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा ट्याक्टरबाट खसेर जानकी गाउँपालिका–६ जगतपुरका ६० वर्षीय देव बहादुर शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार बेलुका से १ त २३२७ नम्बरको ट्याक्टरमा ढुङ्गा लोड गरेर जगतपुर जाने क्रममा शाह खसेका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगिएको थियो ।

लम्कीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि टीकापुर अस्पताल लैजाने क्रममा शाहको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक जानकी गाउँपालिका– ६ जगतपुरका ३६ वर्षीय दया शंकर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।