हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन उपचार – Nagarikabhiyan : National News

हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन उपचार

मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिइन्। हात्तीले घरमा आक्रमण गर्‍यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्‍याउँदै उनी कोठाबाट बाहिर निस्किइन्। कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण गर्‍यो। सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्‍यो। भुइँमा ढलेका दुवै जना बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्‍याए।

आत्तिएर भाग्ने क्रममा थियौँ अगाडि हात्ती उभिइरहेको रहेछ, सङ्गीताले दुई साताअघिको घटनाबारे जानकारी दिँदै भनिन्, ‘सुँढले च्याप्प समातेको थाहा छ, त्यसपछि एकैचोटि आम्दा अस्पतालमा मात्र हाम्रो होस खुलेको थियो।

हात्तीको आक्रमणमा मुस्किलले ज्यान जोगाएका निरौला दम्पतीले ऋण खोजेर उपचार गराउनु परेको बताएका छन्। आफ्नो जग्गा नभएका उनीहरु झापाकै एउटा विद्यालयको १७ धुर जग्गामा वार्षिक ठेक्का तिर्ने सर्तमा बस्दै आएका छन्। टिनले छाएको भुइँतले २ कोठाको घर छ। मेघनाथ न्यून दृष्टिका कारण दुवै आँखा देख्न सक्दैनन्। सङ्गीताले नजिकको कालिका सिमसार पर्यटकीय क्षेत्रमा चटपटे बेचेर दम्पतीको गुजारा चलाइरहेका छन्।

आँखा नदेख्ने भएकाले मैले उहाँ मेघनाथ लाई डोहोर्याएर कोठाबाट बाहिर निकालेको थिएँ सङ्गीताले भनिन्, हात्तीले आँगनमै झम्टेला भन्ने कल्पना पनि गरेका थिएनौँ धन्न बाँचियो।

धुलाबारीको मेची आम्दा र भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा उपचार गरेर निरौला दम्पती अहिले घरमै बसेर औषधि खाइरहेका छन्। सङ्गीताको कम्मर र मेरुदण्डमा असर परेको छभने दुवै खुट्टाको लिगामेन्ट च्यातिएको चिकित्सकहरुले बताएका छन्। मेघनाथको खुट्टामा भित्री चोट छ।

कजष्खबm अझभलत
लष्mद
अस्पतालमा पुग्दा चटपटे बेचेर कमाएको ५०० रुपैयाँ मात्र थियो सङ्गीताका साथमा। गाउँलेसँग २६ हजार रुपैयाँ सापटी मागेर अस्पतालको उपचार खर्च व्यहोरेको उनले बताइन्। अस्पतालमा लामो बस्दा खर्चको बिल बढ्ने भएकाले अहिले उनीहरु घरमै आएर ओछ्यान परेका छन्। हिँड्डुल गर्न नसक्ने भएकाले चटपटे बेच्न जान नपाउँदा दैनिक गर्जो टार्नै मुस्किल परिरहेको सङ्गीताको भनाइ छ।

निरौला दम्पती जस्तै हात्तीपीडित घाइतेहरु उपचारमा ठूलो धनराशि खर्च भएका कारण बिचल्लीमा परेका छन्। उपचार सहयोग पाउन सरकारी अस्पतालमा उपचार गराएको हुनुपर्ने नियमप्रति पीडितहरु असन्तुष्ट छन्।

मेचीनगर–२ बाहुनडाँगीका ४२ वर्षीय गोपाल रिजाललाई गत कात्तिक १९ गते घाँस काट्न जाँदा जङ्गली हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनायो। उनको छातीको १० वटा करङ भाँचिएको थियो भने फोक्सोमा रगत जमेको थियो।