रौतहटमा ट्यांकरको ठक्करबाट अटोमा सवार दुई जनाको मृत्यु चार घाइते
१७ पुष २०८०, मंगलवार १४:००
रौतहटमा तेल बोक्ने ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय पिंकु सिंह र २० वर्षीय अब्देश राम रहेका छन् ।
सोमबार राति साढे ७ बजे चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकमा ज१झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २(०३(००१ ख १९२७ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका थिए । घाइतेहरूलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा दुई जनाको मृत्यु भएको डिएसपी गिरीले बताइन्।
अन्य घाइतेको उपचार जारी छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया