३० लाख धरौटीमा छुटेका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगे – Nagarikabhiyan : National News

३० लाख धरौटीमा छुटेका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगे

नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा रिहा भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण पार्टी केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् । खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा पुगेका हुन् ।

उनी गत वर्ष वैशाख २७ गते पक्राउ परेर मंसिर २९ धरौटीमा रिहा भएका थिए । खाण भुटानी शरणार्थी प्रकरणमा ३० लाख धरौटीमा छुटेका थिए।

यसअघि साउन २ र असोज ४ को केन्द्रीय समिति बैठकमा खाँणलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन गर्ने–नगर्नेबारे चर्को बहस भएको थियो । संस्थापन इतर पक्षले निलम्बन गर्नुपर्ने माग राखेपनि सभापति शेरबहादुर देउवाले मानेका थिएनन्।