मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्छु प्रधानमन्त्री दाहाल – Nagarikabhiyan : National News

मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्छु प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले मोरङको पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने बताएका छन्
मोरङको मिक्लाजुङ ४ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाले पथरी शनिश्चरेको सुकुम्बासीको समस्या समाधानमा पहल गर्ने र किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन् ।

उनले प्रतिबद्धता अनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताएका छन् । मोरङको मिक्लाजुङ ४ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै मन्त्री दाहाले यस्तो बताएका हुन् । आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता समते उनले व्यक्त गरे । उनले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै चुलाचुली मिक्लाजुङ लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उर्लाबारी मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।