ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुईजना पक्राउ
२ पुष २०८०, सोमबार १७:५६
हेटौंडा उपमहानगरपालिका १५ फारलाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका ८ कमाने बस्ने २७ वर्षीय बिबेक वाईबा र भिमफेदी गाउँपालिका(२ बस्ने २९ वर्षीय सुरज मगर रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको ना।४५ प ५२१६ नम्बरको मोटरसाइकलसमेत बरामद गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया