जनकपुरमा पाकेट मार्ने र अवाञ्छित गतिविधि गर्ने १८ जना पक्राउ
१ पुष २०८०, आईतवार १५:५०
प्रहरीले जनकपुरधाममा विवाहपञ्चमी मेलामा पाकेट मार्ने तथा अवाञ्छित गतिविधि गर्ने १८ जनालाई पक्राउ गरेको छ।
आइतवार विवाहपञ्चमी मेलाको मुख्य भीडभाडको मौका छोपी श्रद्धालु भक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रवक्ता रञ्जन अवाले बताए।
आइतवार दिउँसो २ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी अवाले जानकारी दिए। उनीहरूलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी युनिट स्थापना गरी राखिएको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया