पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने सर्वोच्चको अनुमति – Nagarikabhiyan : National News

पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने सर्वोच्चको अनुमति

अभिनेता पल शाहलाई सफाइ दिने उच्च अदालत पोखराको फैसला सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने भएको छ । उनी नाबालिकालाई बलात्कार गरेको अभियोग लागेर एक वर्ष जेलमा बसेर सफाई पाएर बाहिर निस्केका थिए ।

जिल्ला अदालत, नवलपुरले गरेको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत, पोखराले शाहलाई सबै अभियोगबाट सफाइ दिएको थियो ।

नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । शाहले उक्त फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गर्द अभियोगबाट सफाइ दिएको थियो ।

अभिनेता शाहलाई सफाइ दिने उच्चको फैसला त्रुटि रहेको भन्दै सरकारी वकिलले मुद्दामा निस्सा मागेका थिए । सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले यही मंसिर २२ गते पहिलेको फैसला दोहोर्‍याएर हेर्ने आदेश दिएको हो ।